दफा १२
कर्मचारीको व्यवस्था :
१२.१ परिषद्को सदस्य–सचिवले परिषद्को प्रशासकीय प्रमुखको रूपमा काम गर्नेछ ।
१२.२ परिषद्ले आवश्यकतानुसार अन्य कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।
१२.३ कोषाध्यक्ष, सदस्य–सचिव र अन्य कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।